मुख्यमन्त्री योगीले नोएडामा माइक्रोसफ्टको भारत विकास केन्द्र क्याम्पसको शिलान्यास गरे
मुख्यमन्त्री योगीले नोएडामा माइक्रोसफ्टको भारत विकास केन्द्र क्याम्पसको शिलान्यास गरे


नयाँ दिल्ली, 08 मार्च (हि.स.)। उत्‍तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शनिवार नोएडामा माइक्रोसफ्टको प्रस्तावित भारत विकास केन्द्र (आईडीसी) परिसरको शिलान्यास गरे। यसबाट माइक्रोसफ्ट तथा उप्र सरकारबीच प्रौद्योगिकी एवं आर्थिक विकास क्षेत्रमा रहेको सहयोगले नयाँ दिशा पाउनेछ अनि बारतलाई एआई-फर्स्ट नेशन बनाउने मार्ग प्रशस्त हुनेछ।

आईडीसीको प्रस्तावित परिसर 15 एकड़ भूमिमा फैलिएको छ जसको बिल्ट-अप एरिया 11 लाख वर्ग फुट हुनेछ। यो परिसरले एआई, क्लाउड औ सुरक्षामा प्रगतिको लागि एक केन्द्रको रूपमा काम गर्नेछ जसबाट देशमा माइक्रोसफ्ट आईडीसीको उपस्थितिको विस्तार हुनेछ। यो क्याम्पसले एआई, क्लाउड एवं सुरक्षाको क्षेत्रमा उन्नतिको लागि एक हबको रूपमा काम गर्नेछ।

यस अवसरमा माइक्रोसफ्ट आईडीसीका म्यानेजिंग डाइरेक्टर एवं प्रेसिडेन्ट राजीव कुमारले भने, हाम्रो नोएडास्थित नयाँ क्याम्पसको शिलान्यास समारोहले माइक्रोसफ्टको एआई प्रौद्योगिकीप्रति निरन्तर प्रतिबद्धतालाई प्रदर्शित गर्दछ जसले सबै समुदाय, व्यवसाय औ नागरिकहरूलाई लाभान्वित तुल्याउनेछ। यस प्रस्तावित क्याम्पसमा सम्पूर्ण भारत लगायत विश्वका प्रतिभाहरू आउनेछन् अनि उनीहरूलाई एआई, क्लाउड एवं सुरक्षाको क्षेत्रमा नवाचार गर्नको लागि सशक्त बनाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande