प्रचुर मात्रामा सिगरेट सहित आरोपी पक्राउ
प्रचुर मात्रामा सिगरेट सहित आरोपी पक्राउ


कछार (असम), 09 मार्च (हि.स.)। जिल्लाको धोलाईमेा आज अपरान्हपछि पुलिसले गुप्त सूचनाको आधारमा अभियान संचालन गरी प्रचुर मात्रामा सिगरेट जफ्त गरी आरोपीलाई पनि पक्राउ गरेको छ।कछार पुलिस अधीक्षकले बताएका छन्, गुप्त सूचनाको आधारमा धोलाईमा एक टाटा ट्रक (एएल-01एलसी-0213)-लाई रोकेर जाँच गरियो जसमा ट्रकभित्रबाट 1100 प्याकेट ईएसएसई गोल्ड नामक ब्राण्डको सिगरेट (सिगरेटको संख्या 11,000) जफ्त गरियो। सिगरेटलाई केही कार्टुनहरूमा लुकाएर राखिएको थियो।

पुलिसले यस सम्बन्धमा एकजना व्यक्तिलाई पक्राउ गऱ्यो जसको पहिचान दिलदार हुसैन लस्कर (35)-को रूपमा गरिएको छ। प्रारम्भिक जाँचमा थाहा लागे अनुसार वाहन मिजोरमको राजधानी आइजोलबाट आइरहेको थियो। मामिलाको जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande