तिनसुकिया (असम), 09 मार्च (हि.स.)। जिल्लाको लिडुमा आज मादक पदार्थविरूद्ध एक जागरूकता बैठक आयोजना गरियो। यो बैठक त्रिवेणी संघको संरक्षणमा लिडु रोड गाउँमा आयोजना गरिएको थियो।
आजको स्थितिमा घातक नशालु पदार्थ समाजको लागि एक प्रमुख व्याधी बन्न पुगेको छ। राज्यमा नशा सेवन गर्नेहरूको संख्या लगातार बढ़्दो छ। राज्यका केही नयाँ पिँढ़ी विनाशको सँघारमा पुगेको छ। केही परिवार बर्बाद भइसकेको छ। लिडु रोड गाउँको प्राथमिक विद्यालय परिसरमा त्रिवेणी संघद्वारा एक नशामुक्ति जागरूकता बैठक आयोजना गरियो। सामाजिक कार्यकर्ता बिप्लोबी गोगोईको नेतृत्वमा आयोजित सभामा लिडु क्षेत्रका केही प्रमुख व्यक्तिहरूद्वारा नशाको दुरुपयोगको जोखिमविरूद्ध होशियारी अप्नाउनुपर्ने आवश्यकतामाथि बल दिइयो।
बैठकको अध्यक्षता लिडुका प्रसिद्ध सामाजिक कार्यकर्ता हेमन्त गोगोईले गरे जसमा असम जातीयतावादी युवा छात्र परिषद तिनसुकिया जिल्लाका उपाध्यक्ष कञ्चन बोरा सहित सामाजिक कार्यकर्ता चन्द्र गौतम, सिराज अहमद, अनुप बिस्वास, शिबु दास, आशीष दास एवं अन्य क्षेत्रका गणमान्य व्यक्तिहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा