कोलकाता, 09 मार्च (हि.स.)। जादवपुर विश्वविद्यालयमा शिक्षा मन्त्री ब्रात्य बसुलाई घेरेर वामपन्थी विद्यार्थीहरूद्वारा गरिएको प्रदर्शन तथा त्यसपछि भएको बबालको विरोधमा आइतवार भाजपा नेता शुभेन्दु अधिकारीको नेतृत्वमा ऱ्याली निकालियो।
प्राप्त जानकारी अनुसार आइतवार अपरान्ह दक्षिण कोलकाताको नवीना सिनेमा हल सामुबाट भाजपा नेता तथा कार्यकर्ताहरूले ऱ्याली निकाले। भाजपाको दाबी छ, जादवपुरमा भएको गतिरोधको लागि माकपा र तृणमूल जिम्मेवार छ। आजको ऱ्यालीमा ब्रात्य बसु र शिक्षक ओमप्रकाश मिश्रालाई पक्राउ गर्ने माग गरियो।
उल्लेखनीय छ, गत 01 मार्चमा वेबकूपा (वेस्ट बेंगल कलेज एण्ड युनिभर्सिटी प्रोफेसर्स एसोसिएशन)- को वार्षिक आम बैठक जादवपुर विश्वविद्यालयमा आयोजना गरिएको थियो। आरोप छ, वामपन्थी विद्यार्थीहरूले त्यस बिहान विश्वविद्यालय परिसरमा अशान्ति उत्पन्न गर्ने प्रयास गरे। त्यसपछि साँझ हुनसाथ स्थिति तनाउपूर्ण भयो। जादवपुर विश्वविद्यालय परिसरमा अवस्थित तृणमूल शिक्षाबन्धु समितिको कार्यालयमा पनि व्यापक तोड़फोड़ गरी आगो लगाइयो।
आरोप छ, विश्वविद्यालय पुगेका शिक्षामन्त्री ब्रात्य बसुको कारको टायरको हावा पनि निकालियो। यस झड़पमा शिक्षामन्त्री स्वयं घाइते भए। अर्कोतिर आन्दोलनकारी विद्यार्थीहरूको आरोप छ, शिक्षामन्त्रीको कारको ठक्करले दुईजना आन्दोलनकारी विद्यार्थी घाइते भए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा