डिब्रुगढ़ (असम), 9 मार्च (हि.स.)। ओयल इण्डिया लिमिटेडको नगाजान तेल क्षेत्रमा एउटा दुर्घटना भयो। यहाँको एक्स-मास-टीबाट लगातार काँचो तेल र प्राकृतिक ग्यास चुहिरहेको खबर प्राप्त भएको छ। कम्पनीका इञ्जीनियर तथा अग्निशामकले उक्त चुहावटलाई रोक्ने प्रयास गरिरहेको छ।
आइतवार प्राप्त जानकारी अनुसार काँचो तेल तथा प्राकृतिक ग्यासको 309 नम्बर तेल क्षेत्र एक्स-मास-टीबाट लगातार काँचो तेल एवं प्राकृतिक ग्यास चुहिहरेको छ। सूचना पाउनसाथ तेल विभागका शीर्ष अधिकारीहरू सहित अन्य अधिकारी तथा कर्मचारीहरू घटनास्थलमा पुगे अनि तेल र ग्यासको प्रवाहलाई रोक्ने प्रयास शुरू गरिएको छ। घटनास्थलमा तेल अग्निशामक औ सुरक्षाबलहरूलाई तैनाथ गरिएको छ। तथापि अहिलेसम्म यो पत्तो लाग्न सकेको छैन कि दुर्घटना कुन परिस्थितिमा कसरी भयो। सुरक्षालाई मध्यनजर गर्दै सबै आवश्यक उपाय गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा