गुवाहाटी, 9 मार्च (हि.स.)। राज्यका शिक्षा मन्त्री डा. रनोज पेगुले आइतवार एक समारोहबीच दिसपुरस्थित जनता भवनमा इञ्जीनियरिंग कलेजका नवचयनित 12 जना असिस्टेन्ट प्रोफेसरहरूलाई नियुक्ति पत्र सुम्पिए। यस अवसरमा शिक्षा मन्त्री पेगुले भने, असम सरकारले पारदर्शी भर्ती प्रक्रियाको लागि सशक्त कदम उठाएको छ।
शिक्षा मन्त्री पेगुले भने, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको नेतृत्वमा प्रदेशमा पारदर्शी भर्ती प्रक्रियाले युवा पिँढ़ीमा आशा जगाइरहेको छ। उनले असिस्टेन्ट प्रोफेसरलाई भविष्यको शिक्षक जीवनको लागि शुभकामना दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा