गुवाहाटी, 09 मार्च (हि.स.)। गुवाहाटीको दिसपुर पुलिसले खानापारामा गुप्त सूचनाको आधारमा अभियान संचालन गरी प्रचुर मात्रामा ब्राउन शुगर सहित तीनजना ड्रग्स तस्करहरूलाई पक्राउ गरेको छ।
पुलिसले आइतवार बतायो, गुप्त सूचनाको आधारमा खानापारा क्षेत्रमा संचालित अभिानमा तीनजना ड्रग्स तस्करहरूलाई पक्राउ गरियो। यी तस्करहरूबाट प्लास्टिकका पाँचवटा साबुनदानीमा लुकाएर राखिएको 57.7 ग्राम ब्राउन शुगर, एउटा स्कुटी (एएस-01जीए-2734) औ चारवटा मोबाइल फोन जफ्त गरिएको छ।
यस मामिलामा एनडीपीएस एक्स अन्तर्गत एक प्राथमिकी दर्ता गरी तीनै तस्करहरूसित दिसपुर पुलिसले गहन जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा