चोरीको मामिलामा मुख्य आरोपी पक्राउ
चोरीको मामिलामा मुख्य आरोपी पक्राउ


नयाँ दिल्ली, 9 मार्च (हि.स.)। उत्तर पश्चिमी जिल्लाको मुखर्जी नगर थाना पुलिसले चोरीको मामिलामा मुख्य आरोपीलाई पक्राउ गरेको छ। आरोपीको पहिचान रविशंकर मिश्राको रूपमा भएको छ। पुलिसले आरोपीको कब्जाबाट 4,65,000 रुपियाँ नगद जफ्त गरेको छ। यस अतिरिक्त पुलिसले आरोपीको ब्यांक खातालाई पनि सीज गराएको छ।

उत्तर पश्चिमी जिल्लाका डीसीपी भीष्म सिंहले आइतवार बताए, गत 12 जनवरीमा मुखर्जी नगर थाना पुलिसलाई एउटा कार्यालयमा चोरी भएको सिकायत प्राप्त भएको थियो। सिकायतकर्ताले बताए, कार्यालयबाट 15 लाख रुपियाँ नगद चोरी भएको छ। पुलिसले सिकायतकर्ताको बयानमा मुद्दा दर्ता गरी घटनास्थल छेउछाउका सीसीटीभीहरूको फुटेज जाँच गऱ्यो र सोही आधारमा आरोपीहरू क्रमैले नितिन उपनाम ​​पवन, जोगिन्दर उपनाम ​​विजय, अनुज उपनाम ​​शिवा, अभिनन्दन उपनाम ​​अजय, मदन उपनाम ​​नेपाली औ महेशलाई पक्राउ गऱ्यो।

जाँचबुझमा उक्त मामिलाका मुख्य आरोपी रविशंकर रहेको थाहा लाग्यो। पुलिसदेखि बच्नको लागि आरोपीले लगातार आफ्नो ठेगाना परिवर्तन गर्दै आइरेहको थियो। डीसीपी अनुसार पुलिसले आरोपीलाई खोज्नको लागि लगातार दिल्ली तथा सुल्तानपुर (उप्र)-का केही सम्भावित ठेगानाहरूमा छापा मारिरहेको थियो। यसबीच पुलिसले गुप्त सूचनाको आधारमा आरोपीलाई समात्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande