दिल्लीका विधायकहरूको लागि विधानसभा क्षेत्रमा कार्यालय आवन्टन प्रक्रिया शुरू
दिल्लीका विधायकहरूको लागि विधानसभा क्षेत्रमा कार्यालय आवन्टन प्रक्रिया शुरू


नयाँ दिल्ली, 09 मार्च (हि.स.)। दिल्ली विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले आइतवार नवनिर्वाचित विधायकहरूको लागि उनीहरूको आ-आफ्नो विधानसभा क्षेत्रहरूमा कार्यालय आवनट्न गर्ने प्रक्रिया शुरू गर्ने निर्देश जारी गरेका छन्। यसबाट विधायकहरूलाई आफ्नो क्षेत्रका जनतासित सम्पर्क गर्न तथा प्रभावकारी जनसेवा सुनिश्चित गर्नमा सहायक हुनेछ।

दिल्ली विधानसभा चुनाउ- 2025 अवधि प्रोटोकल अनुसार पूर्व विधायकहरूलाई आवन्टित कार्यालयलाई फिर्ता लिइएको थियो। अब नयाँ विधायकहरूको शपथ ग्रहण पश्चात उनीहरूको विधायी तथा क्षेत्रीय कार्यहरूलाई सुचारू रूपमा संचालन गर्नको लागि नयाँ कार्यालयहरू आवन्टन गर्ने प्रक्रिया आरम्भ गरिएको छ। विधानसभा सचिवालयले सम्बन्धित विभागहरूलाई निर्देश दिएको छ, उनीहरूले विधायकहरूको आवश्यकता तथा अनुरोधलाई ध्यानमा राखेर कार्यालय आवन्टन प्रक्रिया शीघ्र पूरा गरून्। यस पहलको उद्देश्य यो सुनिश्चित गर्नु हो कि नवनिर्वाचित विधायकहरूले कुनै प्रकारको विघ्न-बाधा बिनै आफ्नो क्षेत्रका जनताको समस्यालाई सुन्न सकुन् तथा त्यसको समाधान गर्ने दिशामा प्रभावकारी कदम उठाउन सकुन्।

विधानसभा अध्यक्षले भने, हाम्रा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रभावकारी ढंगमा जनताको सेवा गर्नको लागि सबै आवश्यक संसाधन उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो। विधानसभा क्षेत्र कार्यालय विधायक तथा जनतामाझ सोझो संवाद गर्ने एक महत्वपूर्ण माध्यम हो। त्यसैले हामीले यो सुनिश्चित गर्नको लागि आवश्क कदम उठाएका छौं कि विधायकहरूलाई समयमा कार्यालय उपलब्ध गराओस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande