बशिरहाट, 09 मार्च (हि. स.)। उत्तर 24 परगना जिल्ला अन्तर्गत स्वरूपनगरको सीमा संलग्न गोविन्दपुर गाउँमा बीएसएफले भारत-बंगलादेश सीमामा एकजना तस्करलाई लक्षित गरी गोली चलायो जसमा शहाबुद्दीन बिश्वास नामक तस्करको आँखाा गोली लागेर घाइते भयो। अस्पताल सूत्र अनुसार शहाबुद्दीनको उपचार भइरहेको छ भने उसको स्थिति गम्भीर रहेको छ।
बीएसएफ सूत्र अनुसार तस्करले आइवार बिहान गोविन्दपुर कलञ्जी सीमाबाट तस्करी गर्ने प्रयास गरिरहेको थियो। उसको गतिविधिलाई देखेर बीएसएफको 143औं बटालियनका जवानहरूलाई शंका लाग्यो। पहिला तस्करलाई सीमा रक्षक बलको नजिकमा बस्न भनियो, तर उसले भाग्ने चेष्टा गऱ्यो। त्यसपछि ड्यूटीमा तैनाथ जवानहरूले गोली चलाउन शुरू गरे। गोली सोझै शहाबुद्दीनको आँखामा लागेर रगताम्मे भएर भुइँमा लड़्यो। उसलाई स्वरूपनगरको शारदाफुल ग्रामीण अस्पतालमा भर्ती गरियो जहाँ उसको स्थिति झन् बिग्रिएपछि बशिरहाट सुपर स्पेशियलिटी अस्पतालमा स्थानान्तरण गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा