जयपुर, 9 मार्च (हि.स.)। जयपुर ग्रामीण पुलिसले फेरि एकपटक नशा तस्करीविरूद्ध ठूलो कारबाही गर्दै प्यारोलमा रिहा भएको तस्करलाई 115 किलो डोडा चुरासितै पक्राउ गरेको छ। पुलिस अनुसार आरोपी पहिला पनि नशा तस्करीको मामिलामा जेल गइसकेको थियो तथा हालैमा प्यारोलमा बाहिर आएको थियो।
पुलिस अधीक्षक जयपुर ग्रामीणले बताए, सुराकीबाट प्राप्त सूचनाको आधारमा विशेष टीम गठन गरियो। टीमले हाईवेमा नाकाबन्दी गरी एउटा संदिग्ध वाहनलाई रोक्यो जसको जाँच गर्दा 115 किलो डोडा चुरा भेटियो। त्यसपछि आरोपीलाई घटनास्थलबाटै पक्राउ गरियो।
प्रारम्भिक जाँचबुझमा आरोपीले स्वीकार गऱ्यो, उसले डोडा चुरा सप्लाई गर्ने काम गर्दछ र यसअघि पनि यस्तै गतिविधिमा लिप्त रहिसकेको छ। पुलिस अब यो पत्तो लगाउन जुटेको छ कि आरोपीले यो माल कहाँबाट ल्यायो र कहाँ सप्लाई गर्नुथ्यो। पुलिसले आरोपीविरूद्ध एनडीपीएस एक्ट अन्तर्गत ममिला दर्ता गरी जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा