गोलाघाट (असम), 09 मार्च (हि.स.)। गोलाघाट जिल्लाको सदर पुलिस स्टेशनमा काँसा र पितलद्वारा निर्मित विभिन्न प्रकारका भाँड़ा-वर्तन तथा पूजाका सामग्रीहरूको थुप्रो लागेको छ। सूत्रले बताएको छ, जफ्त गरिेका सामानहरूको संख्याको अनुमान यसबाट लगाउन सकिन्छ कि पुलिस टीम यी सामानहरूको गन्ती गर्दा-गर्दै थाक्यो। पुलिसले बताएको छ, यी सबै सामानहरू चोरीको हो। पुलिस सूत्रले आज बताएको छ, गोलाघाटमा हिजोआज निरन्तर भइरहेको चोरीका घटनाहरूमा चोरी गरिएका सामानहरूलाई पुलिसले गए राती रेलवे गेट नम्बर-3 नजिक एक डम्प (कबाड़)-बाट जफ्त गरेको छ। यस सम्बन्धमा दुईजना चोरहरू क्रमैले विनय राजखोवा र पापुली अलीलाई पक्राउ गरियो।
ज्ञात रहोस्, यी काँसा र पितलका सामानहरू सहित पुलिसले सुनको गहनाहरू पनि खोजेर निकाल्यो। दुवै आरोपीसित पुलिसले जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा