कोलकाता, 09 मार्च (हि.स.)। दक्षिण 24 परगना जिल्ला अन्तर्गत बजबज शाखाको सन्तोषपुर स्टेशन नजिक आइतवार बिहान आगो लागेर दशवटा झोपड़ी खरानी भयो। शुरूमा यहाँको एउटा झोपड़ीमा अचानक आगो लाग्यो। हेर्दा-हेर्दै आगो द्रूत गतिमा फैलियो।
प्राप्त जानकारी अनुसार आइतवार बिहान लगभग 7:15 बजे बजबज स्टेशनको प्लेटफर्म नम्बर दुई नजिक अचानक आगो लाग्यो। तथापि आइतवार भएको कारणले स्टेशनमा यात्रीहरूको संख्या धेर थिएन। घटनाको सूचना पाएर पुलिस अनि चारवटा दमकल वाहन घटनास्थलमा पुग्यो। तर दमकल पुग्नअघि नै आगो फैलिसकेको थियो। कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गरियो। घटनाको कारणले सियालदह-बजबज शाखामा रेल सेवाहरू बाधित भए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा