सर्च अभियानमा तीन किलो आईईडी जफ्त
सर्च अभियानमा तीन किलो आईईडी जफ्त


पश्चिमी सिंहभूम, 09 मार्च (हि.स.)। पश्चिमी सिंहभूम (चाईबासा) पुलिसले नक्सली विरोधी संचालित सर्च अभियानमा आइतवार तीन किलो आईईडी जफ्त गरेको छ।

एसपी आशुतोष शेखरले बताए, पुलिस अनि सुरक्षा बलहरूले नक्सलीहरूको उद्देश्यलाई फेरि एकपटक असफल बनाइदिएका छन्। टोन्टो थानान्तर्गत वनग्राम सरजामबुरू, जीम्कीइकीर छेउ-छाउ जंगली पहाड़ी क्षेत्रमा नक्सलीहरूविरूद्ध अभियान संचालन गरिँदैथ्यो। यसै क्रममा टोन्टो थानान्तर्गत वनग्राम जीम्कीइकीर नजिक जंगली / पहाड़ी क्षेत्रमा सुरक्षा बलहरूलाई लक्षित गरी नक्सलीहरूले पूर्वमा राखेको आईईडी बमलाई जफ्त गऱ्यो। सुरक्षाको दृष्टिले सोही ठाउँमा उक्त आईईडीलाई बम निरोधक दलले डिफ्यूज गरिदियो। एसपीले बताए, क्षेत्रमा लगातार नक्सल विरोधी अभियान जारी छ।

एसपीले बताए, प्रतिबन्धित नक्सली संगठन भागपा माओवादीका शीर्ष नेता मिसिर बेसरा, अनमोल, मोछु, अनल, असीम मण्डल, अजय महतो, सागेन अंगरिया, अश्विन, पिन्टु लोहरा, चन्दन लोहरा, अमित हांसदा उपनाम अपटन, जयकान्त, रापा मुण्डा आफ्नो दलसित सारण्डा-कोल्हन क्षेत्रमा विध्वंसक गतिविधिको लागि भ्रमणशील छन्। यसलाई ध्यानमा राखेर चाईबासा पुलिस, कोबरा 203 , 209 बटालियन, झारखण्ड जगुआर, सीआरपीएफ 26, 60, 134 , 174, 193, 197 बटालियनका टीमहरूको एक संयुक्त अभियान लगातार चलिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande