बिश्वनाथ (असम), 09 मार्च (हि.स.)। जिल्लाको सतियाबाट प्रचुर मात्रामा गाँजा सहित दुईजना तस्करहरूलाई पुलिसले पक्राउ गरेको छ। पुलिसले आइतवार बताएको छ, एक गुप्त सूचनाको आधारमा सतिया पुलिसले माजबाटदेखि बिश्वनाथसम्म लगिरहेको दुईवटा ब्यागमा रहेको 10 किलोग्राम गाँजा सहित दुईजना तस्करहरूलाई समात्यो।
पुलिस सूत्रले बताएको छ, पुलिस टीमले सतियाको नागशंकर सेन्टर सामु तस्करहरूलाई समात्नको लागि पासो थापेको थियो। यस अवधि पुलिस टीमले बसबाट उत्रेका दुईजना यात्रीहरूलाई समात्यो जसको कब्जाबाट दुईवटा ब्यागमा लुकाएर ल्याइएको गाँजालाई जफ्त गऱ्यो। सतिया पुलिसले गाँजा तस्करीको मामिलामा पक्राउ गरेका आरोपीहरूको पहिचान माज़बाटका बिश्वजीत राजगढ़ औ प्रेम ओरांगको रूपमा गरिएको छ। पुलिसले दुवैसित जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा