उदयपुर, 9 मार्च (हि.स.)। उदयपुरमा दिउँसै एकजना युवकको चक्कुक रोपी हत्या गरियो। हत्यापछि पति-पत्नी भागेको भीडियो सामु आएको छ। स्थानीय मानिसहरूले बताए, भाग्दा युवकको हात रगतले पोतिएको थियो।
हिरणमगरी थानाधिकारी भरत योगीले बताए, मृतक युवकको पहिचान डुंगरपुर निवासी जितेन्द्र मीणा (30)-को रूपमा भएको छ। सीसीटीभीमा देख्न सकिन्छ, आक्रमणकारी नरसी औ डिम्पल (25) दुवै पति-पत्नी हुन् जो डुंगरपुरमै बस्छन्। डिम्पल र जितेन्द्र पानेरियाको मादड़ीमा एउटा भाड़ाको कोठामा लिभ-इनम बस्दै आइरहेका थिए। यी दुई विगत पाँच महिनादेखिको यहाँ बस्दै आइरहेका थिए।घटना अवधि घर मालिक खेतमा गएका थिए। प्रारम्भिक जाँचमा लभ-अफेयरको मामिला सामु आएको छ। घटनापछि हत्यारा युवकलाई गल्लीमा भाग्दै गरेको देखिएको थियो।
जितेन्द्र उदयपुर शहरको प्राइभेट हस्पिटलमा कम्पाउण्डर थिए। युवती पनि प्राइभेट हस्पिटलमा नर्स छे। घटना अवधि जितेन्द्र र डिम्पलसँगै थिए। यसै अवधि नरसी कोठामा पस्यो अनि जितेन्द्रको पिठ्यूँमा चक्कुले चार पटक प्रहार गऱ्यो जसमा जितेन्द्रको घटनास्थलमै मृत्यु भयो। जितेन्द्रको शवलाई एमबी हस्पिटलको मर्च्युरीमा रखाइएको छ। पुलिस घटनाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा