खरसाङकी आशा मुखिया लामा साहित्योत्सवमा भाग लिन नयाँ दिल्लीमा प्रस्थान
खरसाङकी आशा मुखिया लामा साहित्योत्सवमा भाग लिन नयाँ दिल्लीमा प्रस्थान


खरसाङ, 9 मार्च (हि.स.)। नेपाली भाषालाई प्रतिनिधित्व गर्दै खरसाङबाट वरिष्ठ साहित्यकार आशा मुखिया लामा नयाँ दिल्लीमा हुने साहित्य अकादमीको वार्षिक साहित्यिक कार्यक्रम 'साहित्योत्सव' मा सहभागी बन्न आइतवार दिल्ली प्रस्थान गरेकी छन्। साहित्य अकादमीद्वारा दिल्लीमा गत 7 मार्चदेखि आगामी 12 मार्च, 2025 सम्म हुने भनिएको एशियाकै ठूलो साहित्यिक कार्यक्रम 'साहित्योत्सव' मा भाग लिन उनी दिल्ली प्रस्थान गरेकी हुन्।

उनले सोमवार उक्त कार्यक्रममा नेपाली भाषाको प्रतिनिधित्व गर्दै नेपाली भाषामा‌ कविता पठन गर्नेछन्। उनले प्रथममा नेपाली भाषामा अनि त्यसपछि हिन्दी र अङ्ग्रेजी भाषामा अनुवाद गरिएको कविता पनि सुनाउनेछन्। कार्यक्रममा नेपाली भाषामा आशा मुखिया लामाबाहेक सिन्धी, ओडिशा, तेलुगु, मराठी भाषामा पनि कविताहरु वाचनको कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ।

साहित्य अकादमीद्वारा दिल्लीमा आयोजित साहित्यिक कार्यक्रम 'साहित्योत्सव' मा नेपाली भाषामा आशा मुखिया लामाबाहेक अरु पनि रहेका छन्।‌ तर उनी यस कार्यक्रममा नेपाली भाषामा‌ प्रतिनिधित्व गर्ने एकमात्र नारी साहित्यकार रहेको बताइएको छ। आशा मुखिया लामा वरिष्ठ साहित्यकार एवं समाजसेवी साथै सांस्कृतिक अभियन्ता पनि हुन्। उनी हालमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या पनि हुन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande