गुवाहाटी, 09 मार्च (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज असम सरकारले प्रदान गर्ने असम वैभव, असम सौरभ र असम गौरव पुरस्कारहरूको घोषणा गरे। आज मन्त्रिपरिषद् बैठकको अन्त्यमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीले पुरस्कारहरूको घोषणा गरेका हुन्। मुख्यमन्त्रीले असम वैभव पुरस्कार सेवानिवृत्त लेफ्टिनेन्ट अधिकारी राणा प्रताप कलितालाई प्रदान गरिने बताएका छन्।
यसबाहेक, असम सौरव पुरस्कार प्रसिद्ध गायक द्वीपेन बरुवालाई प्रदान गरिनेछ। यसैगरी, प्रसिद्ध नाटककार हेमन्त दत्तलाई पनि यस वर्षको असम सौरव पुरस्कार प्रदान गरिनेछ। असम सौरव पुरस्कार भारतीय महिला टोलीकी क्रिकेटर उमा छेत्री र टीसीएस (टाटा कन्सल्टेन्सी सर्भिस) का पूर्व अध्यक्षलाई पनि प्रदान गरिनेछ।
यसैबीच, असम गौरव पुरस्कार फुलेश्वरी दत्ता, मिनाक्षी दास, फुटबलर पार्थ सुन्दर गोगोई, धुबड़ीको टेराकोटा कलाकार धीरेन्द्र नाथ पाल, कांसा एवं पीतलबाट सामान बनाउने कलाकार हरिदास दास, बिनाल टेरान, नज़्रुल हक, बिश्वजीत बोरा, भारत कलिता, बार्लांगफा नार्जारी, रामस सोनी, उपमन्यु बरकाकातीलाई प्रदान गरिने छ।
आजको मन्त्रिपरिषद् बैठकमा गरिएका निर्णयहरूको बारेमा बोल्दै मुख्यमन्त्रीले चालू विधानसभा सत्रमा असम कोचिङ इन्स्टिच्युट नियन्त्रण र नियमन ऐन शीर्षकको कानून पेश गरिने बताए। जस मार्फत असमा अवस्थित कोचिङ संस्थानहरूलाई एउटै प्रणाली अन्तर्गत ल्याइनेछ। किनभने राज्यमा धेरै संस्थाहरू च्याउ जस्तै द्रुत गतिमा बढेका छन्। कोकराझार विश्वविद्यालय ऐनमा सामान्य संशोधन पनि गरिनेछ।
हिन्दुस्थान समाचार / बिशाल