आत्मनिर्भरता औ प्रगतिको दिशामा सशक्त कदम हो यस्तो आयोजन: रेखा गुप्तानयाँ दिल्ली, 09 मार्च (हि.स.)। दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेना औ दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आइतवार कनट प्लेसमा महिला बाइक ऱ्यालीलाई हरियो झण्डा देखाए। मुख्यमन्त्रीले भनिन्, उपराज्यपालसित महिला बाइक ऱ्यालीमा सामेल भएर राजधानीको साहस, ऊर्जा एवं आत्मविश्वासलाई नजिकबाट महसूस गरेँ। यस्तो उत्साहपूर्ण आयोजनले उमंग र सकारात्मकतालाई मात्र बढ़ाउँदैन जबकि आत्मनिर्भरता तथा प्रगतिको दिशामा पनि सशक्त कदम साबित हुन्छ।
उनले भनिन्, ‘शक्तिबाट समृद्धि' बाइक ऱ्यालीको आयोजन भएको छ। यो दिल्लीका सबै महिलाहरूको लागि गर्वको कुरा हो। एउटा दुर्घटनाले जुन डरलाई दिल्लीका छोरीहरूको मनमा बसाएको थियो, त्यस डरको अगाड़ि जीत अनुभूत गराउनको लागि आज यस बाइक ऱ्यालीको आयोजना भइरहेको छ। मेरो कामना छ, सबै महिलाहरू यसमा सामेल होउन् अनि आफ्नो मनोबललाई बढ़ाउन्।
यस अतिरिक्त मुख्यमन्त्री आइतवार धार्मिक रामलीला कमिटीद्वारा लोधी गार्डनमा आयोजित होली मंगल मिलन समारोहमा पनि सामेल भइन्। यस अवसरमा उनले भनिन्, होी रंगहरूको उत्सव मात्र नभएर आपसी प्रेम, सौहार्द तथा सामाजिक एकताको प्रतीक हो। होलीको उत्सवले एकता अनि भाइचाराको सन्देश दिन्छ। आउनुहोस्, यी रंगहरूसित मिसिएर खुशी बाँड़ौं अनि प्रेमको यो सिलसिलालाई यसरी नै कायम राखौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा