रेल राज्यमन्त्रीले गुवाहाटी रेलवे स्टेशनको गरे निरीक्षण
रेल राज्यमन्त्रीले गुवाहाटी रेलवे स्टेशनको गरे निरीक्षण


गुवाहाटी, 09 मार्च (हि.स.)। रेल एवं जल शक्ति राज्य मन्त्री वी. सोमन्नाले असम औ पूर्वोत्तरको आफ्नो तीन दिवसीय भ्रमणको अन्तिम दिन आज गुवाहाटी रेलवे स्टेशनको भ्रमण गरे। यस अवधि उनले स्टेशनमा भइरहेको विकास परियोजनाहरूको प्रगतिको समीक्षा गरे।

मन्त्रीसित पूर्वोत्तर सीमान्त रेलवे (पूसीरे)- का महाप्रबन्धक चेतन कुमार श्रीवास्तव र मुख्यालय एवं मण्डलका वरिष्ठ रेल अधिकारी पनि उपस्थित थिए। अमृत भारत स्टेशन योजना (एबीएसएस) अन्तर्गत 181.09 करोड़ रुपियाँको अनुमानित लागतबाट आधुनिक सुविधाहरू सहित गुवाहाटी रेलवे स्टेशनको पुनर्विकास गरिँदैछ।

मीडियालाई सम्बोधन गर्दै मन्त्रीले बताए, केन्द्रिय बजेट-2025-26 मा यस क्षेत्रमा रेलवेको लागि 10,440 करोड़ रुपियाँ रेकर्ड आवन्टन गरिएको छ। वर्ष 2014-सम्म पनि असममा रेलवेको विद्युतीकरण भएको थिएन, तर यस वर्ष 2025-को अन्तसम्ममा सय प्रतिशत रेलवे विद्युतीकरण पूरा हुनेछ। उनले रेलवे बुनियादी संरचनाको विकासमा महत्वपूर्ण प्रगतिमाथि पनि प्रकाश पार्दै उल्लेख गरे, क्षमता औ दक्षता बढ़ाउनको लागि दोहोरीकरण कार्य द्रूत गतिमा गरिँदैछ।

यस अतिरिक्त केनेक्टिभिटीमा सुधार तथा क्षेत्रको बढ़्दो परिवहन मागहरूलाई पूरा गर्नको लागि नयाँ रेलवे लाइन् ओछ्याइँदैछ। मन्त्रीले यात्री सुविधा तथा परिचालन दक्षता बढ़ाउनको लागि रेलवे स्टेशनहरूको आधुनिकीकरमको महत्वमाथि बल दिए। उनले विशेष रूपमा पूर्वोत्तर राज्यहरूमा रेलवेको बुनियादी संरचना अनि कनेक्टिभिटीलाई बढ़ाउनको लागि सरकारको प्रतिबद्धतालाई दोहोऱ्याए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande