गुवाहाटी, 9 मार्च (हि.स.)। शिक्षा मन्त्री डा. रोनोज पेगु र विभागीय मन्त्री योगेन महनको उपस्थितिमा गुवाहाटी मेडिकल कलेजको सभागारमा स्थानीय (खिलंजिया) र जनजातीय विश्वास र सांस्कृतिक स्थलहरूको समग्र विकासको लागि आज आर्थिक सहयोग प्रदान गरियो।
कार्यक्रममा आर्थिक वर्ष २०२४-२५ अन्तर्गत अल बाथौ महासभाको पहलमा गुवाहाटीको गोरचुकमा निर्माण गरिएको सांस्कृतिक तथा सम्पदा केन्द्रको लागि ५ करोड रूपियॉं, त्रिवार्षिक अधिवेशनको लागि ५० लाख रूपियॉं, अल असम ब्रह्म धर्म व्यवस्थापन समिति लगायत पाँच अन्य जनजातीय कार्यक्रमहरूको लागि दोस्रो किस्ताको रूपमा १० लाख रूपियॉं, ३६ विभिन्न स्थानीय जनजातीय पूजास्थलहरूको लागि दोस्रो किस्ताको रूपमा ५ लाख रूपियॉं, १०० बाथौ थानशाली र ९८ ब्रह्म मन्दिरहरूको लागि ५ लाख रूपियाँ अनुदान स्वीकृत गर्ने औपचारिक स्वीकृति पत्र प्रदान गरिएको छ।
उल्लेखनीय छ, उक्त रकम जिल्ला उपायुक्त कार्यालयहरूको ब्याङ्क खातामा स्थानान्तरण गर्ने व्यवस्था गरिएको थियो।
यस अवसरमा प्रमुख अतिथि एवं शिक्षामन्त्री पेगुले आस्थाबाट मात्र ईश्वर पाउन सकिने बताए। त्यसैले हाम्रो आस्था हाम्रो पहिचान हो, हामी हाम्रा स्थानीय जनजातिहरूको आस्था र पूजास्थलहरूको विकास गर्न कटिबद्ध छौं। उनले भने, हाम्रा प्रत्येक जनजातिको छुट्टै इतिहास छ र त्यस सन्दर्भमा हामीले हाम्रो व्यक्तिगत पहिचानलाई बलियो बनाउनु पर्छ र यसलाई जनआन्दोलनमा रूपान्तरण गर्नुपर्छ।
हिन्दुस्थान समाचार / बिशाल