बालिजानको शिंगिमारी झीलमा सामूहिक मत्स्य शिकार आयोजित
बालिजानको शिंगिमारी झीलमा सामूहिक मत्स्य शिकार आयोजित


ग्वालपारा (असम), 09 मार्च (हि.स.)। ग्वालपारा जिल्ला अन्तर्गत बालिजानको शिंगिमारी बील (झील)- मा आज एक सौन्दर्यपूर्ण वातावरण देखियो। हजारौं मानिसहरू सामूहिक रूपमा एका-अर्काको हातमा हात मिलाएर माछाको शिकार गर्नका लागि झीलभित्र प्रवेश गरे।

ग्वालपारा जिल्लाको बालिजान शिंगिमारी बील प्रबन्धन समितिले हरेक साल सामूहिक रूपमा माछाको शिकार गर्ने आयोजना गर्दछ। यसको संचालन झील प्रबन्धन ससमितिले गर्दछ जहाँ क्षेत्रका हजारौं मानिसहरूलाई मत्स्य शिकार गर्ने परम्परालाई पालन गर्ने अनुमति दिन्छ।

ज्ञात रहोस्, विभिन्न जातीय समूहहरूबीच भाइचारालाई अझ सशक्त बनाउने उद्देश्यले झील प्रबन्धन समितिद्वारा माछा समात्ने तिथि निर्धारण हुनसाथ झील किनारमा मानिसहरूको भीड उर्लियो। समाजमा सामुदायिक माछा समात्ने माध्यमबाट झील प्रबन्धन समितिले क्षेत्रमा बसोबास गर्ने विभिन्न जातीय समूहहरूबीच भाइचारालाई बलियो बनाएको छ।

उल्लेखनीय छ, राज्यका अन्य झीलहरूमा पनि विभिन्न पर्व तथा तिहारहरूमा सामूहिक माछा समात्ने परम्परा पालन गरिन्छ। विशेष यो पर्परा बिहुको अवसरमा देख्न पाइन्छ। यसबीच मोरी गाउँ जिल्लाको जोनबिलमा ऐतिहासिक जोनबिल मेला अवधि पनि सामूहिक मत्स्य शिकारको आयोजना गरिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande