बाइक सवार उपद्रवीहरूको फायरिङमा दम्पति घाइते
बाइक सवार उपद्रवीहरूको फायरिङमा दम्पति घाइते


कोलकाता, 09 मार्च (हि.स.)। उत्तर 24 परगना जिल्लान्तर्गत चार नम्बर रेलवे गेट नजिक भाड़ पट्टी क्षेत्रमा गए शनिवार राती गोली ठोकी हत्या गर्ने प्रयास गरिएको मामिला प्रकाशमा आएको छ। यस घटनामा एक दम्पति घाइते भएका छन्।

प्राप्त जानकारी अनुसार गए शनिवार राती लगभग 8 बजे भाड़ पट्टी क्षेत्रमा केही बाइक सवार उपद्रवीहरूले अचानक पति-पत्नीलाई लक्षित गरेर गोली ठोके। यस घटनामा दम्पति घाइते भए। घटनाको सूचना बेलघरिा थानाको पुलिसलाई दिइयो।

सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले घाइते दम्पतिलाई सागरदत्त मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरायो जहाँ उनीहरूको अवस्था गम्भीर रहेको छ। पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande