खरसाङ, 9 मार्च (हि.स.)। दार्जिलिङ जिल्ला अल्पसंख्यक प्रकोष्ठका उपाध्यक्ष सराफत अलि तथा खरसाङ हिल्स अल्पसंख्यक प्रकोष्ठका उपाध्यक्ष अस्फाक हुसेनको सक्रियतामा खरसाङको गोर्खा जन पुस्तकालयमा एक महत्वपूर्ण बैठक सम्पन्न भयो। बैठकमा विधवा आवास योजना, पानी परियोजना लगायत अन्य महत्वपूर्ण विषयहरूमाथि विस्तृत छलफल गरिएको जानकारी प्राप्त भएको छ।
यस अवसरमा दार्जिलिङ जिल्ला अल्पसंख्यक प्रकोष्ठका अध्यक्ष लावन लेप्चा, उपाध्यक्ष सराफत अली, खरसाङका उपाध्यक्ष अस्फाक हुसेन र विशाल थापा, खरसाङका सचिव सलमान अली, दार्जिलिङका सचिव भास्कर तामाङ तथा सदस्य अख्तर हुसेनको विशेष उपस्थिति रहेको थियो। बैठकको सफल आयोजनाका लागि अध्यक्ष लावन लेप्चा र उपाध्यक्ष सराफत अलीले सबै सहभागीहरूलाई धन्यवाद दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक