घरबाट भागेका युवतीहरूलाई अन्य राज्यमा बेच्ने गिरोहका चार सदस्य पक्राउ
घरबाट भागेका युवतीहरूलाई अन्य राज्यमा बेच्ने गिरोहका चार सदस्य पक्राउ


बलिया, 09 मार्च (हि.स.)। घरबाट भागेका युवतीहरूलाई प्रलोभन देखाएर अन्य राज्यहरूमा बेच्ने अन्तर्राज्यीय गिरोहको पुलिसले भण्डाफोर गरेको छ। आइतवार यस मामिलामा एकजना नाबालिका सहित तीनजनााई पक्राउ गरिएको छ भने दुईजना नाबालिकालाई उद्धार गरेको छ।

पुलिस अधीक्षक ओमवीर सिंहले आइतवार बताए, मनियर थानामा दुईजना नाबालिक युवतीहरू बेपत्ता भएको रिपोर्ट दर्ता गरिएको थियो। पहिलो युवती 24 दिसम्बर, 2024-मा गकाएकी थिइन् भने दोस्रो 13 जनवरी, 2025-मा। मामिलाको जाँच गरिरहेको पुलिसले राजस्थानको पाली जिल्लामा अशोक कुमार कुमावत, किशन भाटी र मनियर थानाको गौरा बगही गाउँका मोहन यादवलाई पक्रााउ गऱ्यो। साथै एकजना नाबालिक युवतीलाई पनि हिरासतमा लिइएको छ। उनीहरूले बताए मुताविकै दुवै बेपत्ता युवतीहरूलाई मुक्त गराइएको छ।

अभियुक्तहरूले स्वीकार गरे, उनीहरूको एउटा गिरोह छ जसले ती युवतीहरूमाथि नजर राख्छ जो घरबाट भागेका हुन्छन्। यी युवतीहरूलाई प्रलोभन देखाएर अन्य राज्यहरूमा विवाह तथा घरेलु कामको लागि बेचिदिन्छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande