पूर्व सभासद एवं भारतीय गोर्खा जनशक्ति फ्रण्टको केन्द्रिय नेतृत्व प्रकाश गुरुङ पक्राउ
पूर्व सभासद एवं भारतीय गोर्खा जनशक्ति फ्रण्टको केन्द्रिय नेतृत्व प्रकाश गुरुङ पक्राउ


दार्जिलिङ, 9 मार्च (हि.स.)। रिम्बिक लोधोमा समष्टिकाे पूर्व सभासद एवं वर्तमानमा भारतीय गोर्खा जनशक्ति फ्रण्टको केन्द्रिय नेतृत्व प्रकाश गुरुङलाई पक्राउ गरिएको छ। उनलाई 2017 को गोर्खाल्याण्ड आन्दोलनमा एएसआई अमिताभा मल्लिकको हत्या मामिलाको केशमा पक्राउ गरिएको पुलिस सूत्रबाट जानकारी प्राप्त भएको छ।

दार्जिलिङ सदर पुलिस र लोधोमा पुलिस थानाले गुरुङलाई पक्राउ गरेको बताइएको छ। 2017 मा पहाडमा भएको गोर्खाल्याण्ड आन्दोलनको समयमा एएसआई अमिताभा मल्लिकको हत्याको केशमा पक्राउको वारेन्ट निस्किएको थियो‌ भने आज उनको बेल अस्वीकार भएको छ।

आज प्रकाश गुरुङलाई जिल्ला अदालतमा पेश गरिएपछि उनलाई 14 दिनको न्यायिक हिरासतमा राख्न चलान गरिएको छ। आउँदो 21 मार्चमा उनलाई पुन: जिल्ला अदालत प्रस्तुत गरिने थाहा लागेको छ। यसका साथै, यही केशमा अन्य 9 जनालाई पनि पक्राउ गरिएको, तर उनीहरूले कोलकाता उच्च न्यायालयबाट बेल पाएको एपीपी पंकज प्रसादले बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande