गान्तोकको आभूषण शोरूममा भएको चोरीकाण्डका आरोपीहरूलाई पक्राउ गर्न सदर पुलिस सफल
गान्तोकको आभूषण शोरूममा भएको चोरीकाण्डका आरोपीहरूलाई पक्राउ गर्न सदर पुलिस सफल


गान्तोक, 9 मार्च (हि.स.)। सदर पुलिस थाना राजधानीको स्थानीय एउटा आभूषणको शोरूममा भएको चोरीकाण्डमा संलग्न आरोपीहरूलाई पक्राउ गर्न सफल बनेको छ। यस चोरी काण्डमा चार जनालाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूमा तीन महिला र एक पुरुष सामेल छन्।

सदर पुलिस थानाले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा जानकारी गराए अनुसार, घटना गत 8 अगस्त दिउॅंसो लगभग 1:30 बजीको हो। तीन जना महिला गरगहना खरिद गर्ने बहानामा शोरूमभित्र प्रवेश गरे। उनीहरू गइसकेपछि सेल्स एजेन्टले सीसीटीवी फुटेज जॉंच गर्दा महिलाहरूले शोरूमबाट सूनको चेन चोरी गरेको देखियो।

यसपछि, पुलिसले तत्काल सीसीटीभी फुटेज र संदिग्ध महिलाहरूको फोटो सबै पुलिस कमीहरू र चेकपोइन्टतिर पठायो। यस क्रममा आरोपी महिलाहरू लगायत एक व्यक्तिलाई रम्फू चेकपोस्टबाट पक्राउ गरियो। पक्रा पर्नेहरूको नाम नाम मर्जिना बीबी (45), तपसी दास (36) र शोकाराजन बीबी (60) र मानिक मण्डल बताइएको छ। उनीहरू सबै जना पश्चिम बंगाल निवासी हुन्।

संदिग्ध आरोपी महिलाहरूलाई कानुनी प्रक्रिया अन्तर्गत महिला पुलिस अधिकारीहरूद्वारा पक्राउ गरिएको बताइएको छ। यस घटनाको जॉंचको अगुवाई जॉंच अधिकारी पीआई ओङछ्यो भोटियाले गरिरहेकी छिन्। आरोपीहरू विरुद्ध बीएनएस 2023 को धारा 303(3)/305(a)/5(5)/112(2) अन्तर्गत मामिला दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande