बंगाल विधानसभाको बजेट सत्रको दोस्रो चरण 10 मार्चदेखि आरम्भ, सरकारलाई घेर्ने तयारीमा विपक्ष
बंगाल विधानसभाको बजेट सत्रको दोस्रो चरण 10 मार्चदेखि आरम्भ, सरकारलाई घेर्ने तयारीमा विपक्ष


कोलकाता, 9 मार्च (हि.स.)। पश्चिम बंगाल विधानसभाको बजेट सत्रको दोस्रो चरण 10 मार्चदेखि शुरू भइरहेको छ। यो सत्र केही मुद्दाहरूलाई लिएऱ कोकोहोलोपूर्ण बन्ने सम्भावना छ। विशेष जादवपुर विश्वविद्यालय विवादलाई लिेएर विपक्ष सरकारलाई घेर्ने तयारीमा छ।

वास्तवमा गत 1 मार्चमा कोलकातास्थित जादवपुर विश्वविद्यालयमा भएको हिंसामा दुईजना विद्यार्थीहरू गम्भीर रूपमा घाइते भएका थिए। आरोप छ, पश्चिम बंगालका शिक्षामन्त्री ब्रात्य बसुको वाहनले नियोजित ढंगमा यी विद्यार्थीहरूलााई ठक्कर दिएको थियो जसपश्चात उनीहरूलाई अस्पतालमाभर्ती गर्न पऱ्यो। यस घटनालाई लिएर भारतीय जनता पार्टी (भाजपा)- का विधायकहरूले मन्त्रीसित विधानसभामा जवाफ माग्ने योजना बनाइरहेका छन्। विधानसभामा भाजपाका मुख्य सचेतक शंकर घोषले यस मुद्दामा सरकारलाई घेर्ने रणनीति बनाइरहेका छन्।

यद्यपि राज्य विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारी लगायत अन्य तीनजना भाजपा विधायकहरू सदनको कार्यवाहीमा सामेल हुन सक्नेछैनन्। उनीहरूलाई पछिल्लो महिना बजेट सत्रको पहिलो चरणमै एक महिनाको लागि निलम्बित गरिदिएको थियो।

बजेट सत्रको दोस्रो चरणमा राज्य सरकारका केही मात्र विभागहरूको बजटीय आवन्टनमाथि चर्चा हुनेछ जसमा शिक्षा, स्वास्थ्य, बिजुली, श्रम, पंचायती कार्य, ग्रामीण विकास, नगर निकाय औ शहरी विकास विभाग सामेल छन्। तर गृह जस्तो महत्वपूर्ण विभागको बजेटमाथि चर्चा हुनेछैन जसलाई लिएर विपक्षले राज्य सरकारमाथि प्रश्न उठाएको छ।

भाजपाको आरोप छ, सरकारले नियोजित ढंगमा गृह विभागलाई चर्चादेखि बाहिर राखेको छ, किनभने यसबाट सत्तारूढ़ तृणमूल कंग्रेसलाई असहज बनाउने केही प्रश्नहरूको सामना गर्नुपर्नेछ। गृह विभाग मुख्यमन्त्री ममता ब्यनर्जीसित छ, त्यसैले विपक्षले यसलाई ठूलो मुद्दा बनाउनसक्थ्यो।

सत्र अवधि चर्चा नभएका विभागहरूको बजेटलाई 'गिलोटिन' प्रक्रिया अन्तर्गत बहस नगरी पारित गरिनेछ। विपक्षको भनाइ छ, सरकार यस प्रक्रियाको माध्यमबाट गृह विभागसित सम्बन्धित महत्वपूर्ण प्रश्नहरूदेखि बच्न चाहन्छ। बजेट सत्रको यो दोस्रो चरण 19 मार्चसम्म चल्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande