शिमला, 09 मार्च (हि.स.)। शिमला जिल्लाको ठियोगस्थित पराला मण्डीका एकजना सेब व्यापारीबाट 16.65 लाख रुपियाँ ठगेको मामिला अघि आएको छ। पीड़ित व्यापारीले यस सम्बन्धमा ठियोग थानामा सिकायत दर्ता गराएका छन्। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
मामिला अनुसार कोटखाई खण्ड अन्तर्गत बाघी गाउँ निवासी प्रेम कुमार ओमटाले पराला मण्डी ठियोगबाट सेब किनबेच गर्दछन्। उनले पुलिसलाई दिएको आफ्नो सिकायतमा बताए, उनले 25 अगस्त, 2023-मा पश्चिम बंगालको धौलागढ़स्थित नयाँ सब्जी मण्डीमा रहेको पसल नम्बर 10-का व्यापारी महावीर अनुज शाहलाई 662 पेटी सेबको अर्डर पठाएका थिए।
यो सेब लिंक रोडवेज प्राइभेट ट्रान्सपोर्टको एक ट्रकको माध्यमबाट पठाइएको थियो। सेबको मूल्य 16,65,315 रुपियाँ थियो। प्रेम कुमारको आरोप छ, महावीर अनुज शाहले अहिलेसम्म उनलाई यो राशि भुक्तान गरेका छैनन्। कैयौं पटक सम्पर्क गरी भुक्तान गर्ने अनुरोध गर्दा पनि उनले केवल आश्वासन मात्र दिए, तर पैसा दिएऩन्। प्रेम कुमारले यसलाई आफूसित विश्वासघात तथा धोकाधड़ी भएको बताए अनि मामिलाको सिकायत ठियोग थानामा गराए।
पुलिसका एकजना अधिकारीले आइतवार बताए, मामिलामा आईपीसीको धारा 420 अन्तर्गत मुद्दा दर्ता गरी जाँच प्रक्रिया शुरू गरिएको छ। पुलिसले अब ट्रान्सपोर्ट कम्पनी र सम्बन्धित व्यापारीसित सम्पर्क गरी मामिलाको अनुसन्धान गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा