खरसाङ, 9 मार्च (हि.स.)। खरसाङको सिङ्गेल चियाबारीसम्म पुग्ने रोडको मरमत्ति कार्य शुरू हुने भएपछि स्थानीय मानिसहरूमा खुशीको लहर छाएको छ। भोलिदेखि पुन: बाटोको मरमत्ति कार्य शुरु गरिने भएको छ। सिङ्गेल चिया बगानको बाटो निर्माणको कार्य बन्द भएको थियो भने अब उक्त बाटोको मरमत्ति कार्य फेरि शुरू गरिने ठेकादार विशाल भुजेल र बिपन भुजेलले जानकारी गराएका छन्।
पत्रकारहरूसॅंग कुराकानी गर्दै गर्दै अहिले सर सामानहरुको आपूर्ति हुन नसक्दा काम बन्द गर्नु परेको उनीहरूले बताएका छन्। अब विस्तारै सिङ्गेल जाने बाटोको निर्माण कार्य पुप: शुरू गरिने र यसको लागि सबै ग्रामवासीहरुलाई ढुक्क भएर बस्न उनीहरूले आग्रह गरेका छन्। उनीहरूले बाटोको निर्माण कार्य सम्भवत: 2-3 महिनामा पूरा हुनेछ भन्दै सबैलाई धैर्य धारण गरेर बसिदिन अनुरोध गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक