सोनादामा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न
सोनादामा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न


सोनादा, 9 मार्च (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको खण्ड स्तरीय सांगठनिक सभा आज सोनादाको न्यु लाइट क्लबमा सम्पन्न भयो। भुपति सुब्बाको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा पाँच ग्राम पञ्चायतका प्रतिनिधिहरु उपस्थित थिए।

सभामा सभामा इण्डियन गोर्खा जनशक्ति फ्रण्टलाई सोनादा क्षेत्रमा कसरी अघि बढाउनु पर्ने भन्ने विषयमाथि चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। सभामा अमृत प्रधान, रमेश राई, सन्नी तामाङ, महेन्द्र राई, तेनछिरिङ तामाङ, संगीता छेत्री, अमीत राई लगायत सोनादा क्षेत्रका पाँचवटा ग्राम पञ्चायतहरुका प्रतिनिधिहरु उपस्थित रहेका थिए।‌

सभापछि पत्रकारहरुसित कुराकानी गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको सोनादा क्षेत्रकी नेतृ संगीता छेत्रीले केही समयअघि पार्टीको एक सभा सुके खण्ड स्तरीय रूपमा आयोजना गरिएको र त्यसपछि प्रथम पटक सोनादा क्षेत्रमा सांगठनिक सभा सम्पन्न भएको बताए। उनले यस सभामा इण्डियन गोर्खा जनशक्ति फ्रण्टलाई सोनादा क्षेत्रमा कसरी सक्रिय बनाउने भन्ने विषयमा चर्चा परिचर्चा गरिएको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande