तिनसुकिया, 24 मई (हि.स.)। सेना एवं पुलिस टीमको संयुक्त कारबाहीमा शनिवार बिहान तिनसुकिया जिल्लाको जागुन, टिंकोपानी क्षेत्रबाट असममा उल्फा (आई) को अपरेशन कमान्डर स्वयम्भू ब्रिगेडियर रूपम असोमलाई पक्राउ गरियो। उदेखि एक पेस्तोल र एक हथगोला जफत गरिएको छ। बाकी क्याडरहरूलाई खोज्न अभियान जारी छ।
पुलिस सूत्रहरू अनुसार, रूपम असोम र उसको टीम असम-अरूणाचल सीमाको जंगल क्षेत्रमा लुकेको थियो र केही गतिविधिहरूको योजना बनाइरहेको थियो। पुलिस टीमलाई यिनीहरूको उपस्थितिबारे इनपुट प्राप्त भएको थियो। पुलिस टीमले एक अभियान चलायो र उसलाई समात्यो। तिनसुकिया जिल्ला सदर थानामा उसित सोधपुछ भइऱहेको छ। अपरेशनमा उदेखि हतियार, धन असूलीको डिमान्ड नोट र अन्य आपत्तिजनक सामग्री जफत गरियो। पुलिसले उल्फा (आई) समूहका अन्य सदस्यहरूको पत्तो लगाउन र उनीहरूलाई समाउन सीमावर्ती क्षेत्रहरूमा खोजी अभियान चलाइरहेको छ।
सूत्रहरू अनुसार, रूपम असोमको नेतृत्वमा तिनसुकियाको बोरडूमसा क्षेत्रमा असूलीको ऱ्याकेट चलिरहेको थियो। दाबी गरिएको छ कि रूपम असोम त्यो मुख्य व्यक्ति हो, जसको निर्देशमा पूर्वी असममा बलजफ्ती असूलीको पूरा धन्धा चलिरहेको थियो। तिनसुकिया पुलिसले गत धेरै वर्षदेखि असोमलाई खोजिरहेको थियो। सूत्रहरूको भनाई छ, रूपम असोम बोरडूमसाको थाना प्रभारी अधिकारी भास्कर कलिताको 2018 मा भएको हत्याको मुख्य संदिग्ध हो।
हिन्दुस्थान समाचार / भवानी थामी