नयाँ दिल्ली, 24 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार भारत मण्डपममा नीति आयोगको 10औं गर्वनिङ काउन्सिलको बैठकमा हामीले विकासको गति बढ़ाउनु पर्ने बताएका छन्। उनले भने, केन्द्र र सबै राज्यले यदि एकसाथ मिलेर टीम इण्डिया सरह काम गरे कुनैपनि लक्ष्य असम्भव छैन।
गवर्निङ काउन्सिलको यस वर्षको थीम विकसित भारतको निम्ति विकसित राज्य@2047 को उल्लेख गर्दै प्रधानमन्त्रीले भने, विकसित भारत हरेक भारतीयको लक्ष्य हो। जब हरेक राज्य विकसित हुनेछ तब भारत पनि विकसित हुनेछ। यो 140 करोड़ नागरिकहरूको आकांक्षा हो। राज्यहरूले वैश्विक मानकहरू अमुरूप तथा सबै सुविधाहरू र बुनियादी ढांचा उपलब्ध गराउने प्रत्येक राज्यमा कम्तीमा एक पर्यटन स्थल विकसित गर्नुपर्छ। यसको निम्ति उनले एक राज्यः एक वैश्विक गन्तव्यको मन्त्र दिए।
उनले भनेका छन्, भारतमा तीव्र गतिमा शहरीकरण भइरहेको छ। हामीले भविष्यको निम्ति तयार शहरहरूको दिशामा काम गर्नुपर्छ। विकास, नवाचार र स्थिरता हाम्रो शहरहरूको विकासको इन्जिन हुनुपर्छ। हामीले आफ्नो कार्यबलमा महिलाहरूलाई सामेल गर्ने दिशामा काम गर्नुपर्छ। हामीले यस्तो कानून र नीतिहरू बनाउनुपर्छ, जसबाट उनीहरूलाई कार्यबलमा सम्मानपूर्वक सामेल गर्नसकियोस्।
गवर्निङ काउन्सिलको बैठकमा विकसित भारत@2047 को निम्ति विकसित राज्यहरूको दृष्टिकोणमाथि चर्चा गरियो। बैठकमा उद्यमितालाई प्रोत्साहन दिने, कौशल बढ़ाउने र देशभरिमा स्थायी रोजगारको अवसर बनाउने उपायहरूमाथि पनि विचार-विमर्श गरियो।
हिन्दुस्थान समाचार / भवानी थामी