नयाँ दिल्ली, 24 मई (हि.स.)। अमेरिकाको प्रतिष्ठित उच्च सिक्षण संस्थान हार्वर्ड विश्विद्यालयका पूर्व छात्र एवं आम आदमी पार्टी सांसद राघव चड्ढाले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कड़ा आलोचना गरेका छन्। चड्ढाले एक्स पोस्टमा ट्रम्प प्रशासनको हार्वर्डमा विदेशी विद्यार्थीहरूको नामांकनमाथि रोक लगाउनुको आलोचना गरेका छन्।
उनले लेखेका छन्, राष्ट्रपति ट्रम्पको हालको कदमले हार्वर्ड र त्यस बाहिरका अन्तरराष्ट्रिय छात्रहरूको सपनाहरू र भविष्य खतरामा छ। हार्वर्ड समुदायको एक गौरवशाली सदस्यको रूपमा मैले शैक्षणिक स्वतन्त्रताको निम्ति समर्थन देखाउन हार्वर्डको समर्थन गरिएको टीशर्ट लगाएको छु। म हार्वर्ड र ती सबै अन्तरराष्ट्रिय छात्रहरूको साथ खड़ा छु, जसको सपना र भविष्य खतरामा छ। हामीले शैक्षणिक स्वतन्त्रता र वैश्विक सहयोगको रक्षा गर्नुपर्छ।
उल्लेख्य, प्रतिबन्ध लगाएपछि हार्वर्ड यूनिवर्सिटीले ट्रम्प प्रशासनमाथि मामिला दर्ता गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी