झारखण्डमा पुलिस र नक्सलीहरूबीच भिड़न्त, जेजेएमपी सुप्रीमो समेत दुई नक्सली मारिए
नक्सली


लातेहार, 24 मई (हि.स.)। लातेहार-लोहरदगा जिल्लाको सीमा स्थित इचाबार जंगलमा पुलिस र जेजेएमपी (झारखण्ड जन्म मुक्ति परिषद) नक्सलीहरूबीच शनिवार बिहान जमेर भिड़न्त भयो। भिड़न्तमा जेजेएमपीको सुप्रीमो पप्पू लोहरा र प्रभात लोहराको मृत्यु भएको छ जबकि एक अन्य नक्सली घाइते भएको छ।

भिड़न्तमा पुलिसको एक जवानलाई पनि गोली लागेको छ, जसलाई उन्नत उपचारको निम्ति रिम्स रेफर गरिएको छ। पप्पू लोहरा 10 लाख रूपियाँ इनामी नक्सली थियो जबकि प्रभातमाथि पाँच लाख रूपियाँको पुरस्कार थियो। घटनाको पुष्टि पलामू डीआईजी वाई एस रमेशले गरेका छन्।

भनिन्छ, लातेहार एसपी कुमार गौरवलाई जेजेएमपी नक्सलीहरूको दस्ता इचाबार जमंगलमा जमा भएको गुप्त सूचना प्राप्त भएको थियो। सूचना पाइएपछि पुलिसको टीमले जंगलमा सर्च अभियान चलायो। सोही अवधि पुलिस र नक्सलीहरूबीच भिड़न्त भयो, जसमा दुई नक्सली मारिए। अहिले पुलिसले पूरा जंगलको घेराबन्द गरी सर्च अभियान चलाइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande