ममता ब्यानर्जी नीति आयोगको बैठकमा सामेल नहुने
ममता


कोलकाता, 24 मई (हि.स.)। सबै राज्यहरूका मुख्यमन्त्रीहरूको साथ प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आज शनिवार नयाँ दिल्लीमा नीति आयोगको महत्वपूर्ण बैठक हुन गइऱहेको छ। बैठकमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी सामेल हुने छैनन्।

मुख्यमन्त्री ममताद्वारा यस पल्ट बैठकदेखि दूरी बनाउनुको कारण स्पष्ट छैन तर एक अधिकारीको भनाई छ, पछिल्लो नीति आयोगको बैठकको अनुभव उनको निम्ति सुखद थिएन। उक्त बैठकमा ममताले आरोप लगाएकी थिइन् कि उनलाई बोल्ने पूरा अवसर दिइएन र उनको भाषणमा माइक बन्द गरियो। यस घटनाको विरोधमा उनले बैठक कक्ष छोड़ेकी थिइन्। यद्यपि, केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले उक्त आरोपलाई खारेज गर्दै उनलाई निर्धारित समयसम्म बोल्ने अवसर दिइएको भनेकी थिइन्।

यस वर्ष बैठकको थीम 'विकसित भारतको निम्ति विकसित राज्य@2047' राखिएको छ। यसमा राज्यहरूमाथि मुख्य ध्यान दिइनेछ र यस प्रकार भारतलाई एक विकसित राष्ट्र बनाइनेछ। गवर्निङ काउन्सिलको बैठकमा विकसित भारत@2047 को निम्ति विकसित राज्यको दृष्टिकोणमाथि चर्चा गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande