नयाँ दिल्ली, 24 मई (हि.स.)। झमाझम वर्षाको साथ केरलमा मनसूनको आगमन भएको छ। भारतको मुख्य भूमिमा गत 16 वर्षमा मनसून समय अगाड़ी आइपुगेको छ। यस पाली तय समयभन्दा 8 दिन अगाड़ी मनसून आइपुग्यो, जुन 2009 देखि भारतीय मुख्य भूमिमा यसको सबैभन्दा छिटो आगमन हो।
मौसम विज्ञान विभाग (आईएमडी) तर्फबाट शनिवार जारी बयानमा भनिएको छ, दक्षिण-पश्चिमी मनसून केरल पुग्यो, जुन 2009 पश्च्यात भारतीय मुख्य भूमिमा यसको सबैभन्दा शीघ्र आगमन हो। मौसम विभाग मुताबिक पछिल्लो पल्ट राज्यमा मनसून यति छिटो 2009 र 2001 मा आएको थियो, जब यो 23 मई 2009 मा केरल पुगेको थियो।
देशमा मनसून छिटो आउनु आम रूपमा सबै क्षेत्रहरूका लागि धेरै लाभकारी हुन्छ, विशेषगरी कृषि क्षेत्रमा जुन भारतको ग्रामीण अर्थव्यवस्थाको रीढ़ हो। आम रूपमा दक्षिण-पश्चिम मनसून 1 जूनदेखि केरलमा प्रवेश गर्छ जबकि 8 जुलाईसम्म पूरा देशलाई कवर गर्छ।
विभाग अनुसार, यो 17 सेप्टेम्बरतिर उत्तर-पश्चिम भारतबाट पछि हट्नु शुरू हुन्छ र 15 अक्टोबरसम्म पूर्ण रूपमा फर्किन्छ।
मौसम विज्ञानीहरू अनुसार, मनसूनको आगमनको मिति र देशभरिमा यस मौसममा हुने कूल वर्षाबीच कुनै सोझो सम्बन्ध छैन। केलमा मनसून छिटो आइपुग्नु र ढिलो पुग्नुको अर्थ यो होइन कि यो देशका अन्य हिस्साहरूमा पनि यसैगरी पुग्नेछ।
एक अधिकारीले भने, यो व्यापक स्तरमा परिवर्तनशीलता र वैश्विक, क्षेत्रीय र स्थानीय विशेषताहरूमाथि निर्भर गर्दछ। आईएमडीले अप्रेल महिनामा साल 2025 को मनसून सीजनमा सामान्यदेखि धेरै वर्षाको अनुमान लगाएको थियो। यसका साथै आईएमडीले अल नीनोको स्थितिको सम्भावनालाई खारेज गरेको थियो, जुन भारतीय उपमहाद्वीपमा सामान्यदेखि कम वर्षाको निम्ति जिम्मेवार हुन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी