एटीएसले गुजरातबाट संदिग्ध पाकिस्तानी जासूस समात्यो
जासूस


अमहदाबाद, 24 मई (हि.स.)। गुजरातको आतङ्कवाद निरोधक दस्ता (एटीएस) ले कच्छबाट पाकिस्तानको गोप्य एजेन्सी आईएसआईको निम्ति जासूसी गरेको आरोपमा सहदेव सिंह गोहिल (28) लाई पक्राउ गरेको छ। आरोपीले गुजरातका विभिन्न स्थानहरूको गुप्त जानकारी एकत्र गरी पाकिस्तानलाई पठाइएरहेको थियो। एटीएसले आरोपीदेखि महत्वपूर्ण दस्तावेज जफत गरेको छ। अगाड़ीको सोधपुछको निम्ति उसलाई अहमदाबाद लगिएको छ।

गुजरात एटीएसका पुलिस अधीक्षक के सिद्धार्थले शनिवार अहमदाबादमा प्रेसवार्तामा भने, कच्छको दयापर क्षेत्रबाट गुजरात एटीएसले सहदेव गोहिललाई पक्राउ गरेको छ। आरोपी पीएचसी मातानी मढ़ीमा संविदामा मल्पीपर्पज हेल्थ वर्करको रूपमा तैनाथ छ। उसले जल सेना (नेवी) र सीमा सुरक्षा बल (बीएसएफ) को गुप्त जानकारी पाकिस्तानी एजेन्टलाई पठाइरहेको थियो। एटीएसको जाँचमा थाहा लागेको छ कि सहदेवले नयाँ निर्माण क्षेत्रहरूको फोटो र विवरण एक पाकिस्तानी महिला एजेन्ट, जो अदिति भारद्वाज नामले चिनिन्छन्, उसलाई वाट्सएपको माध्यमले पठाएको थियो।

पुलिस अधीक्षकले भने, कच्छ जिल्लाको एक युवकले बीएसएफ र नेवीको जानकारी पाकिस्तानलाई पठाइरहेको जानकारी पाइएको थियो। पछि एक विशेष टीम बनाएर उसलाई पक्राउ गरियो। अदिति भारद्वाज नाम गरेकी महिलाको सम्पर्कमा आएपछि सहदेवले सीमावर्ती क्षेत्रको संवेदनशील जानकारी वाट्सएपको माध्यमले पठाइरहेको थियो। आरोपीलाई 40 हजार रूपियाँ नगदी पनि दिइएको थियो। कच्छको दयापर चौकी नजिक सहदेवसिंह गोहिलले पैसा प्राप्त गरेको थियो। आरोपीको फोनलाई फोरेन्सिक जाँचको निम्ति पठाइएको छ। यही फोनमा उसको पाकिस्तानी महिला अदिति भारद्वाजसित पाकिस्तानमा कुरा हुनेगर्थ्यो।

एटीएस अनुसार, जून-जुलाई 2023 देखि आरोपी सहदेव पाकिस्तानी महिला एजेन्टको सम्पर्कमा थियो। पाकिस्तानी एजेन्टसित यस्ता संवेदनशील मानिसहरूको सूची हुन्छ, जससित उसले सम्पर्क गर्छ। यसको निम्ति वाट्सएपमा भारतीय नम्बरको प्रयोग गरिन्थ्यो। जाँचमा थाहा लागेको छ, आरोपीले केही भीडियो डिलीट गरेको छ, जसलाई रिकवर गर्ने प्रयास जारी छ। युवकले भारतबाट एक सिमकार्ड किनेको थियो, जसलाई पाकिस्तानी महिला जासूसले एक्सेस गर्थिन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande