पुन्छ, 24 मई (हि.स.)। लोकसभामा विपक्षका नेता राहुल गान्धीले शनिवार पुन्छको एउटा स्कूलको दौड़ाह गरे। सीमा पारीबाट पाकिस्तानको गोलीबारीले प्रभावित छात्रहरूसित उनले कुराकानी गरे। गान्धीले छात्रहरूलाई भने, पढ़ाई र खूबै खेल्नु, यस समस्याको सामना गर्ने तरीका हुनुपर्छ।
कांग्रेस सांसदले भने, तपाईले खतरा र केही भयावह स्थिति देखेका छन् तर चिन्ता गर्नुपर्दैन, सबैकुरा सामान्य हुनेछ। तपाईले पढ़ाई, खूबै खेलकूद गर्नु र स्कूलमा धेरै साथीहरू बनाउनु, यस समस्याको सामना गर्ने तरीका हुनुपर्छ। उनले पाकिस्तानको तर्फबाट सीमा पारीबाट गोलीबारीले प्रभावित पुन्छका नागरिक क्षेत्रहरू र श्री गुरू सिंह सभा गुरूद्वाराको पनि दौड़ाह गरे।
उनले आफ्नो दौड़ाहबारे एक्समा पोस्ट पनि गरे, जसमा उनले भनेका छन्, मैले मानिसहरूको माग र मुद्दाहरूलाई राष्ट्रिय स्तरमा उठाउनेछु। आज म पुन्छमा पाकिस्तानको गोलीबारीमा ज्यान गुमाउनेहरूका परिवारलाई भेटे। भत्केका घर, छरिएका समान देखे र रसाएका आँखाले आफ्नो परिजनलाई गुमाएको पीड़ादायक घटना सुने। यी देशभक्त परिवारहरूले युद्धको सबैभन्दा ठूलो बोझ हरेक पल्ट साहस र सम्मानको साथ झेल्छन्। उनीहरूको साहसलाई सलाम। म पीड़ित परिवारहरूको साथ खड़ा छु। म निश्चित रूपमा राष्ट्रिय स्तरमा उनीहरूको मागहरू र मुद्दाहरू उठाउनेछु।
हिन्दुस्थान समाचार / भवानी थामी