सलमान खानको आवासमा आगन्तुकहरूको प्रवेशको निम्ति नयाँ प्रोटोकल
सलमान


मुम्बई, 24 मई (हि.स.)। फिल्म अभिनेता सलमान खानको बान्द्रा स्थित गेलेक्सी आवासमा आगन्तुकहरूको प्रवेशको निम्ति मुम्बई पुलिसले नयाँ प्रोटोकल जारी गरेको छ। यसका साथै सलमान खानको सुरक्षा बढ़ाएर वाई प्लस स्तरको गरिएको छ र गेलेक्सी अपार्टमेन्टमा पुलिसको पहरा बढ़ाइएको छ।

पुलिस सूत्रहरू अनुसार, सलमान खानलाई लरेन्स बिश्नोई गिरोहको तर्फबाट ज्यानमारा धम्की र उनको आवासमा एक महिला र एक युवक बलजफ्ती पसेपछि यो कदम उठाइएको हो। सलमान खानको आवासमा प्रवेश गर्ने जितेन्द्र सिंह र ईशा छाबड़िया अहिले न्यायिक कस्टडीमा छन् र दुवैसित गहन सोधपुछ जारी छ।

यस घटनापछि मुम्बई पुलिसले नयाँ प्रोटोकल अन्तर्गत सबै आगन्तुकहरूले बिल्डिङमा प्रवेश गर्न अगाड़ी निवासीहरूद्वारा आफ्नो पहिचान सत्यापित गराउनुपर्नेछ। पहिचान सत्यापित भएपछि मात्र आगन्तुकलाई गेलेक्सी अपार्टमेन्टमा पस्न दिइनेछ। मुम्बई पुलिसले नयाँ प्रोटोकलको कड़ाईले पालन गर्ने सूचना गेलेक्सी अपार्टमेन्ट सोसाइटी र त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूलाई दिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande