‘सन अफ सरदार’ फेम एक्टर मुकुल देवको 54 वर्षको आयुमा निधन
मुकुल


मुम्बई, 24 मई (हि.स.)। चर्चित फिल्म अभिनेता मुकुल देव अब हामीबीच रहेनन्। दिल्लीको एक अस्पतालमा उपचार भइरहेको बेला 54 वर्षीय अभिनेताले अन्तिम सास लिए। केही दिनदेखि आईसीयूमा उनको उपचार चलिरहेको थियो। जानकारी अनुसार, मुकुल देवको शुक्रवार अबेर राति निधन भयो।

अभिनेत्री दीपशिखा नागपालले सोशल मीडियामा मुकुल देवको निधनको पुष्टि गरेकी छन्। अभिनेता मुकुल गत केही दिनदेखि बिरामी थिए र उनलाई अस्पतालमा भर्ती गराइएको थियो। उनको निधनको खबर सुनेपछि प्रशंसकहरूले आफ्नो समवेदना व्यक्त गरिरहेका छन्।

मुकुल देवको निधनले फिल्म इन्डस्ट्रीलाई झटका लागेको छ। उनले 1990 को दशकमा टेलीविजन धारावाहिक 'मुमकिन' बाट आफ्नो अभिनय करियरको शुरुआत गरे। उनले आफ्नो सशक्त अभियनले दर्शकहरूको ध्यान आफूतिर आकर्षित गरे। उनी धेरै धारावाहिकहरू र वेब सीरीजमा पनि नजर आए। उनले 'दस्तक', 'यमला पगला दीवाना', 'आर... राजकुमार', 'जय हो' जस्ता सुपरहिट फिल्महरूमा काम गरेका छन्। उनको जन्म नयाँ दिल्लीमा एक पञ्जाबी परिवारमा भएको थियो, जो मूल रूपमा जालन्धार नजिक एक गाउँबाट थिए। उनका पिता हरिदेव सहायक पुलिस आयुक्त थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande