नयॉं दिल्ली, 25 मई (हि.स.)। चुनाउ आयोगले चार राज्य गुजरात, केरल, पंजाब र पश्चिम बंगालका विधानसभा सीटमा उपचुनाउ गराउने घोषणा गरेको छ। यी सीटहरूमा 19 जूनमा मतदान हुनेछ र 23 जूनमा परिणाम अघि आउने छ।
आयोगले आइतवार जारी विज्ञप्तिमा उपचुनाउबारे जानकारी गराएको छ। यो उपचुनाउ विधायकहरूको निधन अथवा राजीनामाका कारण भएका रिक्ट ठाउॅंहरू भर्न हुनेछ। उपचुनाउ गुजरातको कड़ी (अनुसूचित जाति) र विसावदर सीट, केरलको नीलाम्बूर सीट, पंजाबको लुधियाना पश्चिम सीट र पश्चिम बंगालको कालिगंज सीटमा हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी