रायपुर, 25 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज 'मन की बात' को 122 औं एपिसोडमा राष्ट्रलाई आफ्नो विचार प्रस्तुत गरे। 'मन की बात' को यो एपिसोड छत्तीसगढको लागि धेरै विशेष रह्यो। छत्तीसगढमा मुख्यमन्त्री विष्णुदेव सायको नेतृत्वमा भइरहेको कामको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने, माओवाद कुनै समय चरम सीमामा रहेको दन्तेवाडामा आज शिक्षाको झण्डा उच्च फहरिरहेको छ। आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले छत्तीसगढमा आयोजित बस्तर ओलम्पिक र माओवादी प्रभावित क्षेत्रहरूमा विज्ञान प्रयोगशालाहरूको उल्लेख गरे। उनले भने, छत्तीसगढको माओवादी प्रभावित क्षेत्रका बालबालिकाहरूमा विज्ञानप्रति लगाव बढ्दो छ र उनीहरूले खेलकुदमा पनि राम्रो प्रदर्शन गरिरहेका छन्।
प्रधानमन्त्री मोदीले 'मन की बात' मा भने, हामी बस्तर ओलम्पिक र माओवाद प्रतिभावि क्षेत्रहरूमा साइन्स ल्याबको चर्चा गरिसकेका छौ। यहॉंका बालबालिकाहरूमा विज्ञानप्रति लगाव छ। स्पोर्ट्समा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यस्ता प्रयासहरूले यी क्षेत्रहरूमा बासोबास गर्ने मानिसहरू कति साहसी छन् भन्ने थाहा हुन्छ। उनीहरूले तमाम चुनौतीहरूबीच आफ्नो जीवनलाई असल बनाउने बाटो चयन गरे। कक्षा 10औं र 12औं को परीक्षामा दन्तेवाडा जिल्लाको परिणाम राम्रो आएकोमा म खुशी छु। लगभग 95 प्रतिशतका साथ जिल्ला 10औं को परिणाममा टपमा रह्यो। यसैगरी, 12औं को परीक्षामा छत्तीसगढमा छैटौं स्थान प्राप्त गरेको छ। दन्तेवाडा जिल्ला कुनै समय माओवादको चरममा थियो, त्यहॉं आज शिक्षाको परचम लहराइरहेको छ। यस्ता परिवर्तनहरूले हामी सबैलाई गर्वले भरिदिन्छ।
छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव सायले 'मन की बात' को 122 औं एपिसोडमा बस्तर क्षेत्र र दन्तेवाडाको उल्लेख गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरेका छन्। मुख्यमन्त्रीले छत्तीसगढ सरकारले प्रधानमन्त्रीको विकसित भारतको पाइला पछ्याउँदै आएको र विकसित छत्तीसगढले यस अभियानमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी