'मन की बात' मा प्रधानमन्त्रीले भने, छत्तीसगढ़को दन्तेवाड़ाका बालबालिकाहरूमा विज्ञानप्रतिको लगाव
'मन की बात'- प्रधानमन्त्री नरेन्द्र माेदी


नयॉं दिल्ली, 25 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले 'मन की बात' को 122औं संस्करणमा आज आइतवार फेरि छत्तीसगढ़को नक्सल प्रभावित दन्तेवाडा जिल्लाको उपलब्धिहरूको उल्लेख गरे।

प्रधानमन्त्री मोदीले 'मन की बात' मा भने, हामी बस्तर ओलम्पिक र माओवाद प्रतिभावि क्षेत्रहरूमा साइन्स ल्याबको चर्चा गरिसकेका छौ। यहॉंका बालबालिकाहरूमा विज्ञानप्रति लगाव छ। स्पोर्ट्समा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यस्ता प्रयासहरूले यी क्षेत्रहरूमा बासोबास गर्ने मानिसहरू कति साहसी छन् भन्ने थाहा हुन्छ। उनीहरूले तमाम चुनौतीहरूबीच आफ्नो जीवनलाई असल बनाउने बाटो चयन गरे। कक्षा 10औं र 12औं को परीक्षामा दन्तेवाडा जिल्लाको परिणाम राम्रो आएकोमा म खुशी छु। लगभग 95 प्रतिशतका साथ जिल्ला 10औं को परिणाममा टपमा रह्यो। यसैगरी, 12औं को परीक्षामा छत्तीसगढमा छैटौं स्थान प्राप्त गरेको छ। दन्तेवाडा जिल्ला कुनै समय माओवादको चरममा थियो, त्यहॉं आज शिक्षाको परचम लहराइरहेको छ। यस्ता परिवर्तनहरूले हामी सबैलाई गर्वले भरिदिन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande