असम र तमिलनाडूका आठ राज्यसभा सीटको निम्ति चुनाउ 19 जूनमा
चुनाउ


नयाँ दिल्ली, 26 मई (हि.स.)। चुनाउ आय़ोगले असम र तमिलनाडूबाट राज्यसभाको निम्ति द्विवार्षिक चुनाउको घोषणा गरेको छ। यो चुनाउ 19 जूनमा गराइनेछ। 8 सदस्यहरूको कार्यकाल जून र जुलाईमा समाप्त भइरहेको छ।

असमबाट दुई सदस्य मिशन रन्जन दास र वीरन्द्र प्रसाद वैश्यको कार्यकाल 14 जूनमा समाप्त भइरहेको छ। यस बाहेक तमिलनाडूबाट छह सदस्य अम्बुमणि रामदास, एम शनमुगम, एन चन्द्रशेखरन, एम मोहम्मद अब्दुल्ला, पी विल्सन र वाइकोको कार्यकाल 24 जुलाईमा समाप्त भइऱहेको छ।

चुनाउ आय़ोग अनुसार, अधिसूचना 2 जूनमा जारी गरिनेछ। मतदान 19 जून बिहान 9 बजीदेखि साझँ 4 बजीसम्म हुनेछ। त्यही दिन साझँ 5 बजी मतगणना हुनेछ र नतिता आउनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande