रायपुर, 26 मई (हि.स.)। छत्तीसगढ़ देशको डिजिटल परिदृश्यमा ठूलो कदम राख्न गइरहेको छ। रायपुरमा अत्याधुनिक आर्टिफिशियल इन्टेलिजेन्स आधारित डेटा सेन्टर स्थापित गर्न टेक्नोलोजी कम्पनी ईएसडीएस सफ्टवेयर सल्यूशन लिमिटेडले 600 करोड़ रूपियाँभन्दा अधिकको निवेशको प्रस्ताव मुख्यमन्त्री विष्णुदेव साय समक्ष प्रस्तुत गरेको छ।
मुख्यमन्त्री विष्णुदेव सायसित नयाँ दिल्ली स्थित छत्तीसगढ़ सदनमा आइतवार अबेर साझँ गरिएको भेटमा कम्पनीका चेयरम्यान पीयूष सोमानी र उपाध्यक्ष लोकेश शर्माले भनेका छन्, यो सेन्टरले न केवल छत्तीसगढ़ तर पूरा भारतको डिजिटल भविष्यलाई गति दिनेछ। यस प्रस्तावको माध्यमले छत्तीसगढ़लाई एआई, क्लाउड टेक्नोलोजी, साइबर सिक्योरिटी र डिजिटल स्टोरेजको क्षेत्रमा अग्रणी राज्य बनाउने दिशामा ठोस पहल हुनेछ।
मुख्यमन्त्री सायले यस प्रस्तावको स्वागत जनाउँदै भनेका छन्, डिजिटल इण्डियाको भावनालाई छत्तीसगढ़मा धरातलमा उतार्न यो निवेश माइलखुट्टी प्रमाणित हुनेछ। सरकारले हरसम्भव सहायता गर्नेछ ताकि यो परियोजनाले छिटोभन्दा छिटो मूर्तरूप लिओस्।
ईएसडीएसको यस पहलले छत्तीसगढ़लाई एक टेक्नोलोजी हब बनाउनका साथै युवाहरूका लागि उच्च स्तरीय रोजगारको नयाँ अवसर पनि दिनेछ। यो सेन्टर राज्यको आईटी इकोसिस्टमलाई मजबुत गर्नेछ र डिजिटल आत्मनिर्भरतातिर एक ठूलो कदम हुनेछ। यस अवसरमा मुख्यमन्त्रीका प्रमुख सचिव सुबोध सिंह, नयाँ दिल्लीमा छत्तीसगढ़को इनवेस्टमेन्ट कमिश्नर श्रतु सेन पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / भवानी थामी