छत्तीसगढ़बाट अब सारा देशलाई ट्रान्सफार्मर सप्लाई हुने, 300 करोड़ रूपियाँभन्दा अधिकको निवेश प्रस्ताव
साय


रायपुर, 26 मई (हि.स.)। विकसित भारतको सपनालाई साकार गर्ने दिशामा छत्तीसगढ़ले अझ् एक ठूलो फड्को लगाउन गइरहेको छ। देशको प्रतिष्ठित कम्पनी करमवीर इलेक्ट्रोनिक्स लिमिटेडले रायपुरमा अत्याधुनिक ट्रान्सफार्मर निर्माण एकाई स्थापित गर्ने प्रस्ताव मुख्यमन्त्री विष्णुदेव साय समक्ष प्रस्तुत गरेको छ। यस एकाईमा 300 करोड़ रूपियाँभन्दा अधिकको निवेश गरिनेछ, जसबाट छत्तीसगढ़को नाम देशको सबैभन्दा ठूलो ट्रान्सफार्मर निर्माण केन्द्रहरूमा सामेल हुनेछ।

यस अवसरमा कम्पनीका प्रबन्ध निदेशक विवेक जैनले आइतवार अबेर साझँ मुख्यमन्त्रीसित छत्तीसगढ़ सदन, नयाँ दिल्लीमा भेट गरे। बैठकमा प्रस्तावित परियोजनाको रूपरेखा, निवेश सम्भावनाहरू र रोजगार सृजनका आयामहरूमाथि विस्तारले चर्चा गरियो। कम्पनीका प्रबन्ध निदेशकले भने, यो यूनिट तकनीकी दृष्टिले देशको सबैभन्दा उन्नत ट्रान्सफार्मर निर्माण एकाई हुनेछ, जुन भविष्यमा ऊर्जा क्षेत्रको आवश्यकताहरूलाई पूरा गर्नमा माइलखुट्टी प्रमाणित हुनेछ।

मुख्यमन्त्री विष्णुदेव सायले निवेश प्रस्तावको स्वागत जनाउँदै भने, हाम्रो लक्ष्य हो, छत्तीसगढ़, विकसित भारत 2047 को निर्माणमा एक बलियो स्तम्भ बनोस्। यो निवेश केवल एक औद्योगिक एकाई नभएर छत्तीसगढ़को तकनीकी क्षमता र आत्मनिर्भरताको दिशामा एक मजबुत कदम हो। राज्य सरकारले यस परियोजनालाई हरसम्भव सहायता प्रदान गर्नेछ।

यस परियोजनाले राज्यमा बिजुली क्षेत्रको आधुनिकीकरण, स्थानीय युवाहरूका लागि रोजगार र उद्योग आधारित विकासलाई गति दिनेछ। विशेष रूपमा यो पहलले “मेक इन छत्तीसगढ़” को नारालाई मजबुत बनाउँदछ, जहाँ अब अत्याधुनिक तकनीकले बनेको ट्रान्सफार्मरले पूरा देशलाई उज्यालो बनाउने काम गर्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande