मीठी नदी सफाई घोटाला मामिलामा मुम्बई पुलिसले अभिनेता डिनो मोरियासित सोधपुछ गर्यो
डिनो


मुम्बई, 26 मई (हि.स.)। मुम्बईको बहुचर्चित मीठी नदी घोटाला मामिलामा सोमवार मुम्बई पुलिसको आर्थिक अपराध शाखाले फिल्म अभिनेता डिनो मोरिया र उनका भाई सेन्टिनोसित सोधपुछ गरेको छ। यद्यपि, मुम्बई पुलिसले सोधपुछको विवरण मीडियालाई दिएको छैन।

पुलिस सूत्रहरू अनुसार, मुम्बई पुलिसको आर्थिक अपराध शाखाले डिनो मोरिया र उनका भाई सेन्टिनोलाई सोमवार सोधपुछको निम्ति बोलाएको थियो। यसैले गर्दा आज दुवै मुम्बई पुलिसको आर्थिक अपराध शाखाको अफिसमा पेश भएका थिए। पुलिस टीमले यी दुवैसित मीठी नदी सफाईको काममा कथित रूपम भएको 65 करोड़ रूपियाँको घोटाला मामिलामा सोधपुछ गऱ्यो। यस मामिलामा डिनोको नाम मुख्य आरोपी केतन कदमको फोन कलबाट अघि आएको छ। पुलिसले केतन कदम, डिनो मोरिया र उनका भाई सेन्टिनोबीच धेरै फोन कलको जाँच गरेको छ। जाँचमा यस फोन कलमा पैसाहरूको लेन-देनको पत्तो लागेको छ।

यो घोटाला मुम्बई नगर निगमको तर्फबाट नदीबाट माटो हटाउन प्रयोग गरिने मशीनहरू र ड्रेजिङ उपकरणहरूको भाड़ामा कथित वित्तीय अनियमितताहरूसित सम्बन्धित छ। यस मामिलामा मुम्बई पुलिसले केतन कदम र जयेश जोशीलाई पक्राउ गरेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande