लातेहार, 26 मई (हि.स.)। झारखण्डको लातेहार जिल्लाको महुआडांड़ पुलिस थाना क्षेत्र अन्तर्गत दौना र करमखाड़ गाउँबीच पुलिस र भाकपा (माओवादी) नक्सलीहरूबीच भिडन्त भयो। यस भिडन्तमा पुलिसले 5 लाख रूपियॉंको इनाम घोषित नक्सली मनीष यादवलाई मारेको छ। यस क्रममा 10 लाख रूपियॉंको इनाम घोषित नक्सली कुन्दन खरवारलाई पक्राउ गरिएको छ। यो भिडनत आइतवार रातिदेखि आज बिहानसम्म चल्यो। अहिले खोजी कार्य जारी छ।
डीआईजी (पलामू) वाईएस रमेशले घटनाको पुष्टि गरेका छन्। उनले भने, अहिले खोजी अभियान शुरु गरिएको छ। माओवादी नक्सली मनीष यादव केही दिनदेखि महुआडांड़ पुलिस थाना क्षेत्रको दौना गाउँ नजिकै आफ्ना सहयोगीहरूसँग लुकेर बसेका थिए। जानकारी पाउने बित्तिकै पुलिस र सुरक्षा बलको टोली गठन गरियो।
उनले भने, आइतवार राति लगभग 2 बजी पुलिसले जंगलमा छापा मारेर नक्सलवादीहरूलाई चारैतिरबाट घेरेको थियो। यो देखेर डराएका नक्सलीहरूले गोलीबारी गर्न थाले। पुलिसले पनि जवाफी कारबाही गर्यो र भिडन्त शुरु भयो। यसै क्रममा माओवादी नक्सली मनीष यादवलाई पुलिसले मारेको थियो। जबकि अर्का नक्सली कमाण्डर पक्राउ परेका छन्। छापा मार्ने क्रममा घटनास्थलबाट दुईवटा राइफल बरामद भएको बताइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी