मुम्बई, 26 मई (हि.स.)। महाराष्ट्रमा दक्षिण-पश्चिम मनसून 107 साल पूरानो रेकर्ड तोड्दै समय अगावै प्रवेश गरिसकेको छ। मुम्बईमा मूसलधारे वर्षाले जनजीवनलाई प्रभावित गरेको छ। भारी वर्षाको कारण सड़कहरूमा पानी जमा हुनु, रेवले ट्र्याकहरूमा पानी र हवाई उड़ानहरूमा ढिलाई जस्ता समस्याहरू साधारण भएका छन्। भारतीय मौसम विभागले 26 मईमा मुम्बईको निम्ति येलो अलर्ट जारी गरेको छ।
वर्षाको कारण मुम्बई एयरपोर्टबाट उड़ान भर्ने र ल्याण्ड गर्ने धेरै फ्लाइट्स प्रभावित भएका छन्। यस स्थितिलाई मध्यनजर राखेर स्पाइसजेटले आफ्ना यात्रीहरूलाई चेताउनी दिएको छ। मौसम विभाग अनुसार, आगामी 24 घण्टामा भारी वर्षाको सम्भावना बनेको छ र मानिसहरूलाई सतर्क रहने सुझाउ दिइएको छ। मुम्बई नगर निगमले निवासीहरूसित जबसम्म धेरै खाँचो पर्दैन, तबसम्म घरबाट बाहिर ननिस्किने अपील गरेको छ। साथै शहरको 96 बिल्डिङलाई असुरक्षित घोषित गरिएको छ र त्यहाँ बसिरहेका लगभग 3,100 मानिसिहरूलाई सुरक्षित ठाउँ पुऱ्याइएको छ।
मौसम विभाग अनुसार, यस साल दक्षिण-पश्चिम मनसूनले सामान्यभन्दा अगावै महाराष्ट्रमा प्रवेश गरेको छ। आगामी केही दिनमा मुम्बईमा तीव्र वर्षाको साथ पूर्ण रूपमा सक्रिय रहने सम्भवना छ। मुम्बई, ठाणे र पालघर जस्ता तटीय जिल्लाहरूका लागि चेताउनी जारी गरिएको छ, जहाँ तीव्र गतिमा समुद्री हावा बग्ने र चट्याङ जस्ता घटनाहरू हुनसक्ने आशंका बनेको छ, जसको निम्ति स्थानीय प्रशासनले नागरिकहरूसित विशेष सतर्कता अपनाउने अपील गरेको छ। साथै लोकल ट्रेनहरू र बसहरूको सेवाहरूमाथि लगातार निगरानी राखिँदैछ र यात्रीहरूलाई सुरक्षित रहने र अनावश्यक रूपमा बाहिर ननिस्किने सुझाउ दिइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी